एकदिवसीय विश्वकप क्रिकेट अर्को महिनादेखि शुरु, १० राष्ट्रको राष्ट्रिय टिम तय

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि सहभागी सबै राष्ट्रको राष्ट्रिय टिमको घोषणा भएको छ । 

उक्त एकदिवसीय विश्वकप क्रिकेट इंग्ल्यान्ड र वेल्सले संयुक्त आयोजना गर्न लागेको हो । 

वेष्ट इण्डिजले विश्वकप खेल्ने टोलीको घोषणा गरेसँगै सहभागी १० राष्ट्रको राष्ट्रिय टिमको टुंगो लागेको हो ।

यस पटकको विश्वकप क्रिकेटमा नाम कहलिएका प्राय सबै खेलाडीको उपस्थिति रहने छ । टिमको टुंगोसँगै विश्वमा कहलिएका क्रिकेटरहरुले आफ्नो आफ्नो टिममा स्थान पक्का गरेका छन् ।
१० राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप क्रिकेटको कुम्भमेला इंग्ल्यान्ड र वेल्समा आगामी मे ३० बाट शुरु हुनेछ । 

विश्वकपमा १० देशले भाग लिदैछन् । सहभागी टिमहरुमा इंग्ल्यान्ड, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान रहेका छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?