श्रीलङ्काका एक उच्च रक्षा अधिकारीद्वारा राजिनामा

    कोलम्बो–श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजिनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् ।

    आत्मघाती हमलामा परी झण्डै ३६० जनाको मृत्यु भएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ ।

    बर्खास्त गर्ने निर्णय भएकाले तत्काल पदबाट राजिनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही उच्च सुरक्षा अधिकारीहरूलाई यसअघि नै निर्देशन दिनुभएको थियो । उहाँको निर्देशन अनुसार नै सैन्य कर्मचारीतन्त्रका अति वरिष्ठ सरकारी अधिकारी हेमासिरि फेर्नान्डोले राष्ट्रपति सिरिसेनालाई राजिनामा पठाउनुभएको छ ।

    नाम नबताउने शर्तमा राष्ट्रपति कार्यालयका एक अधिकारीले भने “हेमासिरिले घटनामा आफ्नो दोष रहेको स्वीकार गर्दै राष्ट्रपति सिरिसेनालाई राजिनामा बुझाउनु भएको छ ।”
श्रोतका अनुसार अन्य केही उच्च अधिकारीहरू पनि राजिनामाको तयारीमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?