कोशीमा गठबन्धनलाई धक्का : महिलातर्फ एमालेकी कोइराला निर्वाचित

लोकपथ
609
Shares

काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छिन् ।

सत्तारुढ गठबन्धनलाई धक्का दिँदै महिलातर्फ एमालेकी कोइराला निर्वाचित भएकी हुन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा गठबन्धनकी उम्मेदवार चम्पा कार्कीलाई हराउँदै उनी विजयी भएकी हुन् ।

उनले कुल ५ हजार ८६ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार कार्कीले ४ हजार ९ सय ९२ मत प्राप्त गरेकी थिइन् । कार्की माओवादीबाट गठबन्धनको उम्मेदवार बनेकी थिइन् ।

कोशीमा १७ स्थानीय जनप्रतिनिधि र ३ प्रदेश सभा सदस्यले फ्लोर क्रश गरेर गठबन्धनलाई मत दिएपछि एमालेको पल्ला भारी भएको हो ।

कोशीमा सत्तारुढ गठबन्धनसँग एमाले राप्रपा गठबन्धनले निर्वाचनमा प्रतिष्पर्धा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?