राष्ट्रिय सभा : गण्डकीमा तीनैजना गठबन्धनका उम्मेदवार विजयी

लोकपथ
385
Shares

काठमाडौं । गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा तीनै जना गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

सम्पन्न मतगणनामा अन्य क्लस्टरबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला तर्फबाट माओवादीकी मनरुपा शर्मा र अपांगतातर्फबाट नेपाली कांग्रेसका पदम परियार निर्वाचित भएका हुन् । यद्यपी निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी रहेको छ ।

कांग्रेसका श्रेष्ठले ३ हजार ८०८ प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७ मत प्राप्त गरेका थिए । यता महिलातर्फ शर्माले ३ हजार ६६० मत प्राप्त गर्दा एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै अपांगतातर्फबाट कांग्रेसका परियारले ३ हजार ७ सय ७४ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी एमालेका हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?