राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका तर्फबाट सुवेदी र सापकोटा विजयी

लोकपथ
133
Shares

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

केहीबेरअघि सम्पन्न मतगणनामा अन्य क्लस्टरबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् । त्यस्तै महिला क्लस्टरबाट नेपाली कांग्रेसकी विष्णकुमारी सापकोटा निर्वाचित भएकी हुन् ।

कोशीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसाकुमारी केसीले उम्मेदवारी रहेका थिए । त्यस्तै राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।

निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहकेो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?