‘द कपिल शर्मा शो’मा फर्किदै डाक्टर मसुर गुलाटी

काठमाडौं । भारतीय कमेडी शो ‘द कपिल शर्मा शो’ मा लोकप्रिय कमेडियन सुनील ग्रोबर फर्किने भएका छन् । सोसँगै कपिल शर्मा र सुनील ग्रोबर फेरी एकसाथ यस शोमा देखिने भएका छन् । 
शोमा सुनील डाक्टर मसुर गुलाटी र गुत्थीको भूमिकामा छाएका थिए । 

पछि दुईबीच झगडा भएपछि सुनीलले शो छोडेका थिए ।  

झगडा भएको दुई वर्षपछि बलिउड नायक सलमान खानले झगडा मिलाउने कसरत गरेका थिए । 

तर, तत्कालका सुनील कपिलको शोमा अतिथि भएर आउने सम्भावना देखिएको छ ।  

झगडापछि कपिलले धेरै पटक सार्वजनिक रूपमै माफी मागेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?