ला लिगामा रियल म्याड्रिडले खेल्यो गोलरहित बराबरी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले बराबरी खेलेको छ । 

बिहीवार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो । 

गेटाफेको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले गोल गर्न नसक्दा खेल बराबरीमा रोकिएको थियो । बल पोजिसनमा पकड जमाएको रियलले खेलमा गेटाफलाई पटक—पटक दबाव र आक्रमण गरेपनि गोल गर्न भने सकेन । 

तेस्रो स्थानमा रहेको रियल म्याड्रिडले यो बराबरीसँगै ३४ खेलबाट ६५ अंक जोड्न सफल भएको छ । गेटाफे ५५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।  

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा सेभियाले रायो भाल्लेकानोलाई ५–० गोल अन्तरले पराजित ग¥यो । यता भिल्ला रियलले सोसिडाडलाई १–० गोल अन्तरले पाखा लगायो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?