स्ट्रलिङले जिते ‘बिटी स्पोर्ट्स इण्डस्ट्री’ अवार्ड

एजेन्सी । रहिम स्ट्रलिङले बिटी  स्पोर्ट्स इण्डस्ट्री अवार्ड जितेका छन् । 

इंग्लिस क्लब म्यान्चेस्टर सिटीका फरवार्ड स्ट्रलिङ उक्त अवार्डबाट सम्मानित भएका हुन् । फुटबलमा रंगभेदविरुद्ध पु-याएको योगदानको कदर गर्दै उनलाई बिटी  स्पोर्ट्स अवार्ड प्रदान गरेका हुन् ।

पछिल्लो समयमा फुटबलमा काला वर्णका केही खेलाडीहरुले रंगभेदीको दुर्व्यवहार खोप्दै आइरहेका छन् । उक्त कदमप्रति स्ट्रलिङले विरोध गर्दै आइरहेका थिए । उनलाई इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अवार्ड प्रदान गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?