काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ परेका पौडेलद्वयलाई ७ दिन हिरासतमा राख्न विशेष अदा लतले अनुमति दिएको हो ।
बिहीबार म्याद थपका लागि भएको बहसपछि हिरासतमा अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया