बार्सिलोना ओपन टेनिस : नाडाल अन्तिम आठमा प्रवेश

एजेन्सी । स्पेनि राफेल नाडाल जारी बार्सिलोना ओपन टेनिस च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

आज ‘शुक्रवार’ बिहान सम्पन्न भएको पुरुष एकलतर्फको खेलमा नाडालले आफ्नै देशका डेभिड फेररलाई २-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको स्थान तय गरेका हुन् ।

३२ वर्षिय नाडालले फेररलाई खेलको पहिलो सेटमा ६-३ र दोस्रो सेटमा ६-३ ले पराजित गरेका थिए । ११ पटकका च्याम्पियन नाडालले जारी यो खेलमा आफुले उत्कृष्ट खेल खेलेको बताए ।

अब उनले सेमिफाइनल प्रवेशको लागि जान लेनार्ड स्ट्रुफको सामना गर्ने छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?