‘आइपीएल’ क्रिकेटमा राजस्थानद्वारा कोलकत्ता पराजित

एजेन्सी । जारी इण्डियन प्रिमियर ‘आइपीएल’ क्रिकेट अन्तर्गत राजस्थान रोयल्स विजयी भएको छ । 

इडेन गार्डेनमा बिहीवार राति सम्पन्न भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको हो । १ सय ७६ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको राजस्थानले १९ दशमलब २ ओभरमा मात्र ७ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो । 

राजस्थानका लागि रियान परागले सबैभन्दा बढी ४७ रन बनाए । त्यस्तै अजिंका रहानेले ३४ रन, सन्जु सामसनले २२ रन तथा जोफ्रा अर्चार २७ रन जोडे । यता कोलकत्ताका लागि पियुस चावलाले ३ तथा सुनिल नारिनेले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रनको योगफल तयार पारेको थियो । कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय पारी खेल्दै ९७ रनको योगदान दिए ।

यता नितेश रानाले २१ रन, सुबमान गिल र आन्द्रे रसेलले समान १४-१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए । जितपछि राजस्थानले ११ खेलबाट ८ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?