नागरिकता वितरणमा सर्वोच्चको दुई थरी आदेश : हरिकृष्ण खोल्ने, चोलेन्द्र रोक्ने

काठमाडौं । अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण नगर्न सर्वोच्च अदालतले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । 

अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको सर्कुलरबमोजिम नागरिकता वितरण गर्न आदेश दिइएको थियो । 

तर, एक साता नबित्दै सर्वोच्च अदालतले फेरी अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता वितरण नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीशद्वय कार्की र श्रेष्ठको आदेशपछि देशभरिका जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरण सुचारु भएको थियो । 

तर, सर्वोच्चमा परेको अर्को रिटमाथि छलफल गर्दै नागरिकता वितरण नगर्न आदेश दिइएको हो । 

शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासमा परेको रिटमाथिको आदेशमा गृहमन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न नगराउन भनिएको छ ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?