सेञ्चुरी बैंकको ६ दशमलब ५० प्रतिशत लाभांश पारित, तीन सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको आठौँ वार्षिक साधारण सभाले ६ दशमलब ५० प्रतिशत लाभांश पारित गरेको छ । 

बैंकको साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६ दशमलब ५० प्रतिशत लाभांश पारित गरेको हो । बिहीवार सम्पन्न बैंकको साधारण सभाले चुक्ता पूँजीको ४ दशमलब ५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्।

वार्षिक साधारण सभाबाट २ प्रतिशत बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ। आर्थिक वर्ष २०७५/७६ को पुस मसान्तसम्म बैंकले कुल ६४ अर्ब १२ करोड निक्षेप संकलन गरि ५९ अर्ब ६१ करोड कर्जा परिचालन गरेको छ।

यसबाट बैंकले ७४ करोड २ लाख सञ्चालन मुनाफा तथा ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको थियो।

सेन्चुरी बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा सुविधा दिदै आइरहेको छ । 

यता उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क गरी जम्मा १ सय ३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?