सोनी कम्पनीको नाफामा वृद्धि

एजेन्सी । जापानको विद्युतीय सामग्री उत्पादक कम्पनी सोनीको आम्दानी लगातार दोस्रो वर्ष वृद्धि भएको छ । 

खासगरी अनलाइन खेल र अरु मनोरञ्जनात्मक व्यवसायमा लगानी गरेका कारण आम्दानी बढेको कम्पनीले जनाएको छ ।

मार्चको अन्त्यसम्म वार्षिक खूद नाफा ८ अर्ब २० करोड अमेरिकी डलर ‘९ सय १६ अर्ब जापानी येन’ पुगेको छ । सञ्चालन नाफामा करिब २२ प्रतिशत वृद्धि भई ८ सय ९४ अर्ब जापानी येन भएको छ । कम्पनीको बिक्रीमा १ दशमलब ४ प्रतिशत वृद्धि भई ८ सय ९४ अर्ब यान पुगेको छ ।

कम्पनीको नाफा वृद्धि हुनुमा मुख्यतः अनलाइन खेल, सेवा र नेटवर्क व्यवसायमा भएको प्रगति रहेका छन् । प्लेस्टेसनबाट प्रयोगकर्ताले सोनीका म्युजिक र भिडियो सेवा लिन सक्ने व्यवस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?