ब्राजिलको बाँध भत्किदा अझै पनि ३७ वेपत्ता

एजेन्सी । ब्राजिलको मिनास गेराइज राज्यमा तीन महिना अगाडि एक बाँध भत्किँदा भएको दुर्घटनामा परी अझै पनि ३७ व्यक्ति बेपत्ता रहेका अधिकारीहरुले बताएका छन् । 

यस दुर्घटनामा परी २ सय ३३ जनाको शव फेला परेको थियो भने अझै पनि ३७ बेपत्ता रहेका बताइएको छ ।  अझै पनि कुकुरका साथै अन्य उपकरणको सहायताले बेपत्ता व्यक्तिको अवशेष खोजी कार्य जारी रहेको छ । 

ब्राजिलको राजधानी ब्रासिलियामा संघीय सभाले संसदीय अनुसन्धान नियोगलाई प्रकोपको कारण निर्धारण गर्न आदेश दिएको छ  ।

सो प्रकोपको कारण निर्धारण अन्तिम प्रतिवेदनका लागि १ सय २० दिनको समय दिइएको छ । मिनास गराइज राज्यको  ब्रुमादिनहोमा सो बाँध रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?