खुल्लामञ्च अतिक्रमणबारे मन्त्रालयका सहसचिव भन्छन्,‘म रहँदा भएको निर्णयको जिम्मेवारी लिन तयार छु’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवले खुल्लामञ्च अतिक्रमबारे मुख खोलेका छन् । 

मन्त्रालयका सहसचिव रद्रसिंह तामाङले खुल्लामञ्चमा अनाधिकृतरुपमा सटक बनाएर बेचिएकोबारे काठमाडौं महानगरपालिकाले कानून अनुसार अगाडी बढ्न बताएका हुन् ।

‘आफू कार्यकारी प्रमुख भएकाबेला खुल्लामञ्चमा एक वर्षका लागि मात्रै बसपार्क सारिएको थियो । तर, म पछि आएका कार्यकारी प्रमुख र निर्वाचित जनप्रतिनिधिले के गरे त्यस विषयमा मलाई केही जानकारी छैन,’ संघीय मामिला मन्त्रालयका सहसचिव तामाङले भने, ‘म रहँदा भएको निर्णयको जिम्मेवारी लिन तयार छु, तर, खुल्लामञ्च म कार्यकरी भइञ्जेल अतिक्रमणको शिकार भएको थिएन ।’

हिजो (बिहीवार)  खुल्लामञ्चको अतिक्रमण रोक्न खुल्लामञ्च बचाउन अधिकार अभियानका अभियन्ता सडकमा निस्केका थिए । उनीहरुले खुल्लामञ्चमा नै उपस्थित भएर खुल्लामञ्च मास्न खोज्ने काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोइका विरुद्ध प्रदर्शन गर्दै उनीहरुले महानगरपालिकालाई विभिन्न समयमा जानकारी गराइरहेको भएतापनि महानगरपालिकाले बेवास्ता गरेको कारण अब डोजर चलाएर अतिक्रमीत क्षेत्र संरक्षण नगरेसम्म पछि नहट्ने बताएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?