सप्तरी । ८ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागुऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका(६ बस्ने ३१ वर्षीय सचिन यादव समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को।२५ प ७०२४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया