चन्द्रागिरि गोल्डकप आइतवारदेखि शुरु हुँदै

काठमाडौं । दीपशिखा युवा समूहको आयोजनामा दोस्रो संस्करणको चन्द्रागिरि गोल्डकप प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ ।

चन्द्रागिरीस्थित नैकाप खेल मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने शुक्रजार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जानकारी दिए ।

सहभागी टोलीमा आयोजक दीपशिखा युवा समूहसहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल ‘एपिएफ’, जावलाखेल युथ क्लब, सरस्वती युथ क्लब, फेन्ड्रस क्लब, वीरगञ्ज युनाइटेड र च्यासल युथ क्लब छन् । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेता तीन लाख पाउनेछ ।

प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित खेलाडीले पाँच हजार पाउनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?