बलिङमा आकाश चम्किँदा नेपालले अफगानिस्तानलाई १४५ रनमै समेट्यो

लोकपथ
1.1k
Shares

काठमाडौं । आइसिसी यु–१९ विश्वकपको समूह चरणको अन्तिम खेलमा अफगानीस्तानले नेपाल सामु १४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाएको हो ।
अफगानिस्तानका लागि अल्लाह मोहम्मद घजनफारले सर्वाधिक ३७ रनको योगदान गरेका थिए ।

अफगानिस्तानका पाँच ब्याट्सम्यानले रनको खाता नै खोल्न नसक्दा नसीर खान मारुफखिलले ३१, फरिदुन दावोद्जाईले २९ र जम्शिद जर्दानले ३ रन बनाए । नेपाली बलरबाट अफगानिस्तानले २१ रन अतिरिक्तबापत पाएको थियो ।

नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।नेपाल अनि अफगानिस्तान दुवैले अहिलेसम्म कुनै जित निकाल्न सकेका छैनन् । आजको प्रतियोगिता जसले जित्छ उ सुपर सिक्समा पुग्नेछ भने हार्ने टिम १३औ स्थानका लागि खेल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?