काठमाडौंमा यो वर्षमा अहिलेसम्मकै बढी चिसो

लोकपथ
777
Shares

काठमाडौं । आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी,गण्डकी र बागमती प्रदेशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रिमा झरेको छ ।

हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरोले ढाकेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार राती कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै चिसो जिरीमा बढेको छ । त्यहाँको अधिकतम तापक्रम १२ दशमलब ८ डिग्रि पुग्दा मिनिमम तापक्रम माइनस १दशमलब ६ डिग्रि सेल्सियसमा झरेको छ । जोमसोमको न्युनतम तापक्रम पनि माइनस ५ दशमलब ५ डिग्रि रेहेको छ । डडेलधुराको तापक्रम पनि २ दशमलब १ डिग्रिमा झरेको छ ।शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १७ दशमलब ५ डिग्रि पुग्दा न्युनतम तापक्रम भने ३ डिग्रिमा झर्यो । आज (बिहान साढे ६ बजे) काठमाडौंको तापक्रम २ दशमलब ९ डिग्रि मापन गरिएको छ  । जुन यो वर्षकै सबैभन्दा धेरै चिसो हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?