सुनको भाउ २ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार ५९ हजार ८ सयमा कारोबार भइरहेको छ । 

यसअघि बिहीबार सुनको भाउ ५९ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै शुक्रबार तेजावी सुन तोलमा ५९ हजार ५ सयमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी तोलामा ७ सय ३० मा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलामा ७ सय २५ मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?