काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले अर्को चरणको यात्रा तय गरेको हो ।
छैटौं मिनेटमा सिटीले गोल गरेपछि भारले मान्यता नदिँदा अग्रता लिन असफल भयो । बराबरीतर्फ उन्मुख खेलमा सिटीले ८८ औं मिनेटमा गोल गर्दै १–० को जीत पक्का गराए ।
एफए कपका अन्य तीन खेल भने सबै बराबरीमा टुंगिएका छन् । ब्रिस्टल र नटिङ्घम फरेस्ट गोलरहित बराबरी खेल्दा सेफिल्ड युनाइटेड र कोभेन्ट्रीले एक एक गोलेको बराबरी खेले । यसैगरी चेल्सी र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका थिए । बराबरी खेल्ने टिमले फेरि एक पटक चौथो चरणमै खेल्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया