काठमाडौं । खोस्त अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (युएई) को अल एनका लागि पहिलो पटकको व्यावसायिक उडान सुरु गरिएको छ ।
स्थानीय टेलिभिजन टोलो न्यूजले शनिबार जानकारी गराएअनुसार विमानस्थलबाट हरेक हप्ता दुई वटा उडान भर्ने तय गरिएको छ । यसैगरी स्थानीय बासिन्दा तथा यात्रुहरूले थप उडानको माग गरिरहेको टोलोन्युजले जनाएको छ ।
संयुक्त अरब इमिरेट्सको फ्लाई दुबई एयरलाइन्सले दुई वर्षभन्दा बढीको निलम्बनपछि गत नोभेम्बरमा दुबईबाट काबुलका लागि पुनः उडान सुरु गरेको थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया