श्रीलंकामा राष्ट्रव्यापी ‘सर्च अप्रेसन’ भयो मुडभेठ

एजेन्सी । ‘इस्टर सण्डे’को दिन श्रीलंकामा भएको श्रृंखलावद्ध आक्रमणपछि देशकको सुरक्षा बलले राष्ट्रव्यापी ‘सर्च अप्रेसन’ चलाइरहेको छ । 

अधिकारीले ‘सर्च’ तथा अन्य सुरक्षा व्यवस्थाको लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी उतारिएको जानकारी दिएका छन् । 

‘सर्च’का क्रममा केही स्थानमा मुडभेड पनि भएको छ । शुक्रवार साँझ सुरक्षाकर्मी र सशस्त्र उग्रवादीबीच यस्तै मुडभेड भएको हो ।

सुरक्षाबलले सो स्थानमा लुकेका आतंकवादीको सम्बन्ध आइतबार भएको आक्रमणसँग रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?