प्रधानमन्त्री कप : लुम्बिनीमाथि मधेश प्रदेशको जित

लोकपथ
210
Shares

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा मधेश प्रदेशले पाँचौं जित निकालेको छ ।

आइतबार मूलपानी मैदानमा भएको खेलमा मधेसले लुम्बिीन प्रदेशमाथि ९ रनको जित निकालेको हो ।

पहिला ब्याटिङ गरेको मधेशले ४१.३ ओभरमा सवै विकेट गुमाएर १६९ रनमात्रै बनायो ।

मधेशका लागि अरनिको यादवले सर्वाधिक ३८ रन बनाउँदा पवन शर्राफ र अभिषेक तिवारीले २६–२६ रन बनाए ।

यस्तै मयन यादवले २२ रन बनाउँदा अनिल साहले १६ रनको पारि खेले ।

लुम्बिनीका विर मगरले सर्वाधिक ४ विकेट लिँदा अभिषेक गौतमले तीन विकेट हात पारे । यस्तै कृष्ण कार्की, मोहमद हुसेन निर्मल गुरुङले एक एक विकेट लिए ।

१७० रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीको सुरुआत राम्रो भएन ।

पहिलो विकेटको रुपमा ओपनर विराट भण्डारी १ रन बनाएर आउट भएका थिए । त्यसपछि कप्तान सुशान्त थापाले पनि ६ रनको मात्रै योगदान गरे ।

मृनल गुरुङ तेस्रो विकेटको रुपमा आउट हुँदा व्यक्तिगत २१ रन बनाएका थिए । चौथो विकेट ४४ रन हुँदा गुमाएको थियो । मोहम्मद हुसेन २ रन बनाएर आउट भएका थिए ।

प्रज्वल थापाले पारि सम्हाले पनि लगातार विकेट पतन हुँदा लुम्बिनी हार भोग्न बाध्य बन्यो ।

प्रज्वलले ६२ रनको अर्धशतकीय पारि खेलेर आठौं विकेटको रुपमा आउट हुँदा लुम्बिनीले १४२ रन बनाएको थियो । लुम्बिनीका अभिषेक गौतम २६ रन बनाएर आउट हुँदा लुम्बिनीको आशा समाप्त भएको थियो ।

दिलसन अलीले २२ रन बनाएका थिए । मधेश प्रदेशका प्रदीप पासवानले ६ विकेट लिँदा अभिषेक तिवारीले २ विकेट हात पारे । रुपेश सिंह र हरि शंकर साहले एक एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?