जेट एयरवेजका प्राविधिक कर्मचारी सिंहले गरे आत्महत्या

काठमाडौं । पेटको क्यान्सरबाट पीडित जेट एयरवेजका एक कर्मचारीले आत्महत्यार गरेका छन् । 

वित्तीय संकटमा गुग्रिरहेको जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्यार गरेका हुन् । प्रहरीका अनुसार उनले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् । 

पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि तलब पाएका थिएनन् । जेट एयरवेजमै रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि सिंहले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । 

उता जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन् । 

चार महिनायता स्वास्थ्य जटिल बनेपछि शैलेषलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई शुक्रवार अस्पतालबाट घरमा ल्याइएको थियो । 

घर ल्याइएकै दिन उनले घरको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?