बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.5k
Shares

काठमाडौं । विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्यमा सोमबार वृद्धि भएको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तेजावी सुन तोलाको १ लाख १७ अजार ७ सय ५० रुपैयाँ प्रतितोला तोकिएको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको असर देखिएको हो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिनसम्म प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी सोमबार १४ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?