काठमाडौं । एसीसी यू १६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले मलेसियासामू १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । थाइल्याण्डमा जारी प्रतिस्पर्धामा टस जितेर मलेसियाविरुद्ध ब्याटिङ रोजेको नेपालले पूरै ३५ ओभर खेलेर १ सय ४० रन बनाएको हो।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए भने दिपक बोहोराले २३, कप्तान बिशाल बिक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन जोडेका छन् ।
अहिले मलेसियाले नेपालले प्रस्तुत गरेको लक्ष्य छुनलाई ब्याटिङ गरिरहेको छ ।
अघिल्लो यू १६ प्रतियोगितामा नेपाल विजेता समेत रहिसकेको छ । नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
यसअघि समूह चरणको प्रतिस्पर्धामा मलेसिया नेपालबाट ३९ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया