नेपालमा डेढ अर्ब लगानीमा ३ ‘वाटर पार्क’ निर्माण, भारतीय पर्यटक मुख्य ‘टार्गेट’

काठमाडौं । पश्चिम नेपालको व्यापारिक केन्द्रका रुपमा परिचित नेपालगञ्जमा तीनवटा ‘वाटर पार्क’ निर्माण भइरहेको छ । विभिन्न व्यवसायिक समूहको लगानीमा निर्माण भइरहेको उक्त ‘वाटर पार्क’ यही वर्षा ऋतु अघि एकसाथ सञ्चालनमा ल्याइने छ ।

नेपालगञ्जको बाले गाउँ, जानकी गाउँपालिकाको राँझा र कोहलपुरको हवलदारपुरमा निर्माणाधीन अवस्थामा रहेको ‘वाटर पार्क’ मा करिब डेढ अर्ब लगानी हुने अनुमान गरिएको छ ।

जानकी गाउँपालिकामा निर्माण भइरहेको ‘वाटर पार्क’ ३ विघा क्षेत्रफलमा फैलिएको छ भने बाले गाउँमा भएको ‘वाटर पार्क’ ३.५ विघा क्षेत्रफलमा फैलिएको छ । त्यस्तै, कोहलपुरको हवलदारपुरमा निर्माणाधीन ‘वाटर पार्क’ ६ विघा जमिनमा विस्तारित छ । 

वेभ पुल(छाल पोखरी), स्प्ल्यास पुल, चिप्लेटी आदिसँगै थुप्रै भौतिक पूर्वाधार सहित निर्माण भइरहेको उक्त ‘वाटर पार्क’ विशेष गरी भारतीय पर्यटकलाई ‘टार्गेट’ गर्दै बनाइएको प्रबन्ध निर्देशक शिवांशु यादवले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?