बार्सिलोना बन्यो २६ औं पटक ला लिगा विजेता

एजेन्सी । बार्सिलोनाले शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० गोल अन्तरले पराजित गर्दै २६ औ स्पेनिस ला लिगा फुटबल लिगको उपाधि उचालेको हो ।

घरेलु मैदानमा विजयी गोल गरेका मेस्सी वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका थिए । उनले खेलको ६२ औ मिनेटमा विजयी गोल गरेका थिए । सोही गोल बार्सिलोनालाई तीन खेल अगावै लिग जिताउन पर्याप्त बन्यो ।

बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्यो । उसले तीन खेल अगाडी नै दोस्रो स्थानमा रहेको  एट्लेटिको मड्रिडसंग ९ अंकको अग्रता लियो ।

एट्लेटिकोले पनि गए राति भएको खेलमा रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

बार्सिलोनाले आगामी बुधबार च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा लिभरपुलसंग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?