काठमाडौं । परिवर्तन इभेन्ट हाउसले काठमाडौंमा गरेको ‘डिएसए स्टार–२०२४ सिजन–१२’मा बालबालिकाहरु समूहगत रुपमा विजेता भएका छन् ।प्रतियोगितामा ‘मिनी डिएसए डान्सिङ स्टार’को उपाधि अरुनिया लामिछानेले जित्दा अनुस्का श्रेष्ठ ‘फस्ट रनरअप’ र कारिशा थापा मगर ‘सेकेण्ड रनरअप’ भइन् ।
जुनियर डिएसए डान्सिङ स्टारतर्फ निरिशा जोशीले विजय हासिल गर्दा आरम्भी श्रेष्ठ ‘फस्ट रनरअप’, रोसीका आचार्य ‘सेकेण्ड रनरअप’, वैभब ढकाल ‘थर्ड रनरअप’, यान्कु लामा ‘फोर्थ रनरअप’, आकांक्षा आले मगर ‘फिफ्थ रनरअप’ र आस्ना मास्के ‘सिक्स्थ रनरअप’ भए ।प्री टिनतर्फ ‘सिम्रिका श्रेष्ठ’ विजेता, सुश्मा श्रेष्ठ ‘फस्ट रनरअप’ र श्रष्टा श्रेष्ठ ‘सेकेण्ड रनरअप’ भइन् ।
मिनी डीएसए सिङगिङ स्टारतर्फ अद्भिक रायमाझी विजेता हुँदा अनुराग चौलागाईं ‘फस्ट रनरअप’, जूनियरतर्फ समृद्ध जङ थापा विजेता, श्रेयाना खनाल ‘फस्ट रनरअप’ आरभ खड्का ‘सेकेण्ड रनरअप’ र हाना खत्री ‘थर्ड रनरअप’ भए ।प्री टीन डीएसए सिङगिङतर्फ अनुकल्प थपलिया विजेता हुँदा श्रेयाशी खनाल ‘फस्ट रनरअप’ र जेशिका गौतम ‘सेकेण्ड रनरअप’ भए ।एक्टिङ स्टारतर्फ अदिती विष्ट विजेता हि«नभ प्रधान ‘फस्ट रनरअप’ र साइमन भट्ट ‘सेकेण्ड रनरअप’ भए ।
विजेतालाई २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागी गराइने आयोजकले जनाएका छन् ।नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा नेशनल प्याब्सनका अध्यक्ष सुबास न्यौपाने प्रमुख निर्णयक तथा कलाकार पल्पसा डंगोल, न्युज २४ को कार्यकम संयोजक नवराज चालिसे, फिल्म निर्माता पुनम क्षत्री गौतम र अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे निर्णायक थिए ।
कार्यक्रमलाई नेपाल वायु सेवा निगमले मुख्य सहयोग गरेको थियो । फाइनलअघि २५ दिनसम्म ५६ जना बालबालिकालाई कान्जिरोवा नेशनल सेकेन्डरी स्कुल बालकुमारी कोटेश्वरमा तालिम दिइएको थियो ।कार्यक्रममा गायक, संगीतकार तथा गीतकार राजनराज सिवाकोटीलाई ‘राष्ट्रिय स्रस्टा सम्मान २०८०’ बाट र अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, व्यवसायी नारायण प्याकुरेल र बाल कलाकार सक्सेस सुबेदीलाई ‘गोल्ड नेशनल अवार्ड २०२४’बाट सम्मान गरिएको थियो । इभेन्ट हाउसकी सिईओ सोनिया जी आरले कार्यक्रमबाट बालबालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया