विराटनगर । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा इलामको माङसेबुङका एक श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । ६२ वर्षीया हस्तकुमारी लिम्बूलाई कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुबीच शुक्रबार साँझ विवादपछि झगडा भएको थियो । त्यसक्रममा बालध्वजले हस्तकुमारीलाई कुटपिट गरेका थिए ।कुटाइबाट सिकिस्त घाइते भएकी हस्तकुमारीको झापा, बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो ।
अस्पतालबाट श्रीमतीको शव लिएर माङसेबुङ पुगेका बालध्वजलाई प्रहरी चौकी इभाङको टोलीले घरैबाट पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया