साउथका यी स्टार जो खाना पकाउनमा पनि छन् माहिर

लोकपथ
497
Shares

काठमाडौं । यतिबेला साउथका स्टारहरुले आफ्नो फिल्मबाट नयाँ नयाँ रेकर्ड बनाइरहेका छन् ।

साउथ स्टारहरुले आफ्नो दमदार अभिनयले दर्शकको मनमा राज गर्छन् तर के तपाईंलाई थाहा छ अभिनयका अलावा उनीहरु खाना पकाउनमा पनि माहिर छन् । तपाईंले धेरै पटक देख्नु भएको होला कि अभिनयका साथसाथै धेरै सेलिब्रेटीहरू खाना पकाउन पनि मन पराउँछन्, जसका लागि उनीहरूले खाना पकाउन केही समय निकाल्छन्।

साउथका सुपरस्टारहरु पनि यस्तै गर्छन् । यहाँ केही दक्षिण भारतीय स्टारहरू छन् जो खाना पकाउनमा माहिर छन् । यी स्टारहरूले समय मिल्दा भान्सामा गएर मिठो खाना पकाउने गर्छन् र सामाजिक सञ्जालमा फ्यानसँग सेयर पनि गरेका छन् । आउनुहोस् जानौं ती स्टारहरूको बारेमा जो स्वादिष्ट खाना पकाउन माहिर छन् ।

चिरञ्जीव

अभिनयको साथसाथै खाना पकाउन मन पराउने स्टारमा पर्छन् चिरञ्जीवी । उनी आफ्नो दमदार अभिनयका आधारमा धेरै हिट फिल्म दिएका छन् तर राम्रा फिल्मका साथसाथै चिरञ्जीवीले स्वादिष्ट खाना पनि पकाउँछन् भन्ने कुरा कमैलाई थाहा छ । साउथका धेरै कलाकारहरुले चिरञ्जीवीको सीपको खुलेर तारिफ गरेका छन् ।

जुनियर एनटीआर

यस सूचीमा अर्को नाम जुनियर एनटीआरको हो। आजकाल जुनियर एनटीआर आफ्नो फिल्म ‘आरआरआर’ लाई लिएर निकै चर्चामा छन् ।

जुनियर एनटीआर जति राम्रो अभिनेता हुन् उनी एक राम्रो कुक पनि हुन। यो कुरा उनी आफैंले फ्यानहरुलाई सुनाएका छन् । बिग बोस तेलुगुको एक सिजनमा जुनियर एनटीआर आफैँले किचनमा केही गरे र स्वादिष्ट खाना पकाए। त्यसपछि त्यहाँ उपस्थित सबैले खाना खाएपछि एनटीआरको निकै तारिफ गरेका थिए ।

रामचरण

स्वादिष्ट खाना पकाउने सूचीमा साउथका सुपरस्टार रामचरण पनि पर्छन् । रामचरण एक उत्कृष्ट कुक पनि हुन्। उनका परिवारका सदस्यहरू बाहेक साउथका धेरै सेलिब्रेटीहरूले पनि यसको खुलासा गरेका छन् । रामचरणलाई जब समय मिल्छ, उनी भान्साकोठामा गएर धेरै स्वादिष्ट परिकार पकाउँछन्। रामचरणले सामाजिक सञ्जालमा खाना पकाएको तस्विर पनि सेयर गरेका थिए ।

सामन्था रुथ प्रभु

सामन्था रुथ प्रभु दक्षिण भारतकी एक उत्कृष्ट अभिनेत्री हुन्। सामन्थाले फिल्ममा आफ्नो दमदार अभिनयले दर्शकको मन जितेकी छन् । सामन्था आफैंले खाना पकाउने सीप आफ्नो फ्यानहरूसँग सामाजिक सञ्जालमार्फत धेरै पटक सेयर गरिसकेकी छिन्। जब उनी किचनमा प्रवेश गर्छिन् र खाना पकाउँछिन्, उनले आफ्नो फ्यानहरूसँग यसको भिडियो सेयर गर्छिन्। यस बाहेक सामन्थाका सह९कलाकारहरूले पनि उनको खानाको धेरै पटक प्रशंसा गरेका छन्।

तमन्ना भाटिया

अभिनेत्री तमन्ना भाटियालाई पनि खाना पकाउन मन पर्छ । अन्तर्वार्ताका क्रममा तमन्नाले यो सीप खुलाएकी थिइन् । यस बाहेक उनले आफ्नो सीपको झलक इन्स्टाग्राममा फ्यानसँग धेरै पटक सेयर गरिसकेकि छन् । उनी धेरै पटक भान्सामा खाना पकाएको देखिएकी छिन् । तमन्नालाई धेरै किसिमका परिकार पकाउन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?