इन्डोनेसिया निर्वाचन : मतगणनाको क्रममा २ सय ७२ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियामा गत साता सम्पन्न भएको आमनिर्वाचनको मत गणनाको क्रममा २ सय ७२ जनाको मृत्यु भएको छ । 

मत गणनाको क्रममा २ सय ७२ जना ओभर टाइमको बिरामीले मृत्यु भएको निर्वाचन आयोगका प्रवक्त आरिफ प्रियो सुसान्तोले बताए ।  

मतपत्र हातले गन्नु परेकाले कर्मचारीहरु थाकेर बिरामी परे र २ सय ७२ जनाको मृत्यु भयो आयोगका प्रवक्त सुसान्तोले बताएका छन् । 

बीबीसीका अनुसार अझै १ हजार ८ सय ७८ जना कर्मचारीहरु बिरामी परेका छन् । 

आयोगका प्रवक्ता सुसान्तोका अनुसार ७ लाख जनाले मतगणना र निगरानीमा सहयोग गरेका थिए । उनीहरुले चर्को गर्मीमा रातभर काम गरेका थिए ।

इन्डोनेसियामा यही अप्रिलमा भएको निर्वाचनमा १९ करोड ३० लाख मतदाताले राष्ट्रपति चुनावको साथ–साथ स्थानीय चुनावमा भाग लिएका थिए भने ८ लाख मतदान केन्द्र तोकिएको थियो । 

निर्वाचन आयोगले मृत्यु भएकाका परिवारलाई २५ सय डलरको दरले राहत दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?