एजेन्सी । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको पुनः शीर्ष स्थानमा उक्लिएको छ ।
आइतवार राति सम्पन्न भएको ३६ औँ चरणको खेलमा सिटीले १५ औँ स्थानमा रहेको बर्नलेलाई १-० गोल अन्तरले पराजित गर्दै पुनः लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लबले गोलरहित बराबरी खेलेको थियो । सिटीका लागि खेलको ६३ औँ मिनेटमा सर्जियो अग्युरोले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । त्यसपछि खेलमा थप गोल भएन र खेल एक-शुन्य गोल अन्तरले जित्यो ।
जितपछि म्यान्चेस्टर सिटीले ९२ अंक बनाएको छ । त्यस्तै उपाधि दौडमा रहेको लिभरपुलको ९१ अंक छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा लिगको पाँचौ स्थानमा रहेको आर्सनल आठौँ स्थानमा रहेको लिचेस्टर सिटीसँग ३-० गोल अन्तरले पराजित भएको हो । लिचेस्टरको जीतमा भार्डीले दुई तथा टाइलमिान्सले एक गोल गरे ।
यता आर्सनलका माइटलान्ड नाइल्स खेलको ३६ औँ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो । हारका बावजुत ६६ अंक बनाएको आर्सनल लिगको पाँचौ स्थानमा छ । यता लिचेस्टर सिटीको भने ५१ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया