रियल म्याड्रिडको लज्जास्पद हार

एजेन्सी । स्पेनिस लिगमा रियलम्याड्रिडले खराब प्रदर्शनी गरे सँगै जारी लिगको तेस्रो स्थानमा झरेको छ । 

आइतवार राति भएको खेलमा रियल लिगको पुछारमा रहेको रायो भाल्लेकानोसँग १–० गोल अन्तरले पराजित भएको हो । भाल्लेकानोका लागि एड्रिन एम्बार्बाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

उनले खेलको २३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल भाल्लेकानोले आफ्नो पक्षमा पा-यो । रियलले सन् २००४ पछि लिगका अन्तिम स्थानमा रहेको क्लबसँग पहिलो पटक हार बेहोरेको हो । 

प्रशिक्षक जिनेदिन जिदानले टोलीमा ८ खेलाडी परिवर्तन गरेपछि त्यसको प्रभाव खेलमा देखियो । पछिल्लो हारसँगै तेस्रो स्थानमा रहेको रियल म्याड्रिडले ३५ खेलबाट ६५ अंक बनाएको छ । ७४ अंकल एथ्लेटिको म्याड्रिड दोस्रो स्थानमा छ ।

लिगमा अब तीन चरणका खेल मात्र बाँकी छ । जितसँगै तालिकाको पुछारमा रहेको भालेकानोले ३१ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?