एजेन्सी । इण्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटमा कोलकत्ता नाइट राईडर्स विजयी भएको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा कोलकत्ताले मुम्बईलाई ३४ रनले पराजित गरेको हो ।
२ सय ३३ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको मुम्बईको पारी ७ विकेटको क्षतीमा मात्र १ सय ९८ रनमा समेटिएको थियो । ९१ रनको अर्धशतकीय पारी खेलेपनि मुम्बईका हार्दिक पाण्डयाले टोलीलाई जित भने दिन सकेनन् । मुम्बईका लागि सूर्यकुमार यादवले २६ रन तथा कुर्नाल पाण्डयाले २४ रन जोडे ।
यता कोलकत्ताका लागि सुनिल नारिने, ह्यारी गुर्ने र आन्द्रे रसेलले समान २-२ विकेट हात पारे ।
कोलकत्ताका लागि सुबमन गिल, क्रिस लान र आन्द्रे रसेलले अर्धशतक बनाए । मुम्बईका दिपक चाहर र हार्दिक पाण्डयाले १ र १ विकेट लिए । जितपछि लिगको पाँचौ स्थानमा रहेको कोलकत्ताले १२ खेलबाट १० अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया