‘जिग्रा’को सेटबाट दमदार लुक्समा देखिइन् आलिया

लोकपथ
105
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला आफ्नो आगामी फिल्म ‘जिग्रा’ को सुटिङमा व्यस्त छिन् ।

यो चलचित्रमा उनी मुख्य भूमिकामा मात्र नभई धर्मा प्रोडक्सनसँग मिलेर निर्माण गरिरहेकी छिन् । चलचित्र ‘जिग्रा’ लाई वासन बालाले निर्देशन गर्दैछन् । सामाजिक सञ्जालमा अभिनेत्रीका केही तस्विरहरु सार्वजनिक भएका छन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

यी तस्बिरहरूमा आलियाको दमदार लुक्स देखिन्छ, जसले फिल्मको कथालाई पनि संकेत गर्छ। सेटबाट यी तस्बिरहरू बाहिर आएपछि आलियाका फ्यानहरूमा हलचल मच्चिएको छ । आलियाको नयाँ लुक्स देखेर उनका फ्यानहरु फिल्म हेर्न उत्साहित भएका छन् ।

आलियाको भाइरल तस्विरमा फिल्ममा उनले निभाएका चरित्रका धेरै झलक देखिएका छन् ।

एउटा तस्बिरमा आलियाले बुलेटप्रुफ ज्याकेट लगाएकी देखिएकी छिन् । दोस्रो तस्बिरमा उनी नीलो रंगको शर्ट लगाएर स्कुटरमा सवार देखिन्छिन् । आलियाका यी भाइरल तस्बिरहरू थाइल्याण्डको सुटिङसँग जोडिएका थिए, जहाँ उनले फिल्मको शेड्युल खिचेकी थिइन् ।

आलिया पछिल्लो समय करण जोहरको रोमान्टिक कमेडी ड्रामा फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएकी थिइन्। फिल्म ‘जिग्रा’को छायांकन अक्टोबर २०२३ मा सुरु भएको थियो । यो फिल्मले निर्माता वासन बालासँग आलियाको पहिलो सहकार्य हो।

नेटफ्लिक्समा रिलिज भएको २०२२ को ‘डार्लिङ्स’ पछि ‘जिग्रा’ आलियाको दोस्रो होम प्रोडक्सन हो। करण जोहरको यो फिल्म सेप्टेम्बर २७, २०२४ मा सिनेमाघरमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?