काठमाडौं । भारतको महाराष्ट्रमा मराठा आरक्षणको माग गर्दै कार्यकर्ता मनोज जरांगेको नेतृत्वमा आन्दोलन भइरहेको छ। विगत सात महिनादेखि जारी आन्दोलनको बीचमा भारतको उच्च अदालतमा जनहित याचिका (पीआईएल) दायर गरिएको छ।
सामाजिक अभियन्ता मनोज जरांगे पाटीलले सबै मराठाहरूलाई कुणबी प्रमाणपत्रको माग गरिरहेका छन्। पछिल्लो घटनाक्रममा, मराठाहरूलाई कुणबी जात प्रमाणपत्र दिने महाराष्ट्र सरकारको निर्णयको विरुद्धमा यो निर्णय खारेज गर्न माग गर्दै एक जनहित याचिका दायर गरिएको छ। मुद्दाको सुनुवाई फेब्रुअरी ६ मा हुनसक्ने बताइएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार जनवरी ३० मा ‘ओबीसी वेलफेयर फाउन्डेसन’का अध्यक्षले जनहित याचिका दायर गरेका थिए।
याचिकाकर्ता मंगेश ससाणेले आफूलाई ‘ओबीसी वेलफेयर फाउन्डेसन’को प्रमुख बताउँदै आएका छन् । । जनहित याचिकामा भनिएको छ, ‘राज्य सरकारले मराठा समुदायलाई कुणबी प्रमाणपत्र दिएर अन्य पिछडिएका वर्गको आरक्षणलाई प्रभाव पारीरहेको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया