काठमाडौं । शसस्त्र प्रहरीको ‘एपीएफ’ जारी केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
लगनखेलस्थित आर्मीको कर्भडहलमा सोमवार भएको खेलमा एपीएफले न्यू डायमन्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो ।
एपीएफले न्यू डायमन्डलाई २५–१६, २५–२० र २५–२६ को सेटमा हरायो । प्रतियोगितामा एपीएफ समूह ‘ए’ को विजेता र न्यु डायमन्ड समूह ‘बी’ उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया