काठमाडौं । लालिगामा बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी भएका छन् । बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई १–० गोल अन्तले पराजित गर्दा एथ्लेटिकोले भालेकानोलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो ।बार्सिलोना र ओसासुनाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३औं मिनेटमा भिटोर रोकेले जाओ क्यानसेलोको पासमा गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए ।
६७औं मिनेटमा ओसासुनाका युनाइ ग्रासिया दोहोरो पहेलो कार्ड (रातो) पाउँदै मैदान छाड्दा टिम भने १० खेलाडीमा समेटिएको थियो ।
६३औं मिनेटमा बार्सिलोनाले गरेको गोलले नै निर्णायक बन्दै स्पष्ट ३ अंक दिलाउन सफल भयो । बार्सिलोना २२ खेलबाट ४७ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । ओसासुना भने २६ अंकका साथ १२ औं स्थानमा छ ।
लालिगाकै अर्को खेलमा एथ्लेटिको मड्रिडले रायो भालेकानोलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।रेनिल्डोले ३५औं मिनेटमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा भालेकानोका लागि अल्भारो ग्रासियाले बराबरी गोल गर्दै खेलमा फर्काएका थिए ।
तर, ९०औं मिनेटमा मेफिस डिपेले एन्टोनी ग्रिजम्यानको पासमा गोल गर्दै एथ्लेटिको मड्रिडलाई जित दिलाए । जितपछि एथ्लेटिको मड्रिड ४७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । रायो भालेकानो भने २४ अंकका साथ १३औं स्थानमा छ । लालिगामा जिरोना ५५ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ५४ अंकका साथ दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया