काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाको दुई स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सोमवार काठमाडौंको कुलेश्वर र कोटेश्वरमा एनआईसी एशिया बैंकले दुई शाखा विस्तार गरेको हो ।
कुलेश्वरस्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसी तथा कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट औपचारिक उद्घाटन गरिएको हो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब १६ लाख ग्राहक साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया