एम १६ राइफल फेला

विराटनगर- प्रहरीको एक टोलीले एम १६ राइफल मोरङको मिक्लाजुङ गाउँपालिका–६ बक्राह नुनसरी खोला किनारमा फेला पारेको छ ।
 
    जिल्ला प्रहरी कार्यालय मोरङले आज दिएको जानकारीअनुसार एम १६ राइफल खिया लागेको म्यागजिन र ६ राउण्ड गोली खोलाको किनारमा गाडिएको अवस्थामा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीको टोलीले आइतबार फेला पारेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?