१ वर्ष ८ महिनामा ट्रम्पले बोले १० हजार झुट

सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिङटन पोष्टका तथ्य निगरानीकर्ताले गल्ती मापन गरेका थिए । 

सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी दिएको हो । राष्ट्रपतित्व कालका पछिल्ला महिनामा ट्रम्प झनै झुटो दावी गर्न थालेको पत्रिकाले जनाएको छ ।

ट्रम्पले कार्यभार सम्हालेको ६ सय १ दिनमा ५ हजार झुट बोलेका थिए । त्यो हिसाबमा उक्त अवधिमा उनले औसतमा दैनिक ८ वटा झुट बोले । त्यसपछिका २ सय २६ दिनको समयमै ५ हजार झुटो कुरा बोले । त्यसपछिका पछिल्ला २ सय २६ दिनमा ट्रम्पले दैनिक २३ झुटो दावी प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?