महङ्गो प-यो नेमारलाई हातपात, प्रशिक्षकको आलोचना

एजेन्सी । पेरिस सेन्ट जर्मेन पीएसजीका प्रशिक्षक थोमस टुचेलले आफ्ना स्टार खेलाडी नेयमारको आलोचना गरेका छन् । फ्रेन्च कपको फाइनलमा पराजित भएपछि समर्थकमाथि नेयमारले गरेको व्यवहारलाई लिएर प्रशिक्षक टुचेलले आलोचना गरेका हुन् ।

पीएसजी फ्रेन्च कपको फाइनलमा रेनससँग पराजित भएको थियो । सुरुवाती २–० को अग्रता लिएको पीएसजीले अन्तिममा रेनसले २ गोल गरेर बराबरी गरेपछि खेललाई पेनाल्टी सुटआउट तर्फ मोडिएको थियो । अन्तिममा पेनाल्टी सुटआउटमा ६–५ गोलले पीएसजी पराजित भएको थियो । खेलपछि पीएसजीका खेलाडीसंग फोनमा फोटो खिचिरहेका एक समर्थकमाथि नेयमारले हातपात गरेका थिए ।

‘समर्थकसँग लडाई गर्न तिम्ले पाउदैनौ । तिमी त्यसो गर्न सक्दैनौ ।’ टुचेलले भनेका छन् । उनले थपे – यदी तिमी हार्छौं भने त्यसलाई सम्मान गर्नपर्छ ।

पछिल्ला चार सिजन फ्रेन्च कपको उपाधि जितेको पीएसजी यसपटक कप उपाधिबाट बिमुख भयो । उसले च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा समेत म्यानचेष्टर युनाईटेडसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

गत शुक्रबारमात्र नेयमारलाई युइएफएले तीन खेलको प्रतिबन्ध लगाएको थियो । च्याम्पियन्स लिगको दोस्रो लेगको खेलमा म्यानचेष्टर युनाईटेडसंग पराजित भएपछि म्याचका अफिसियलमाथि गरेको टिप्पणीको आधारमा उनलाई तीन खेलको प्रतिबन्ध लगाएको थियो । उनले अर्को सिजन च्याम्पियन्स लिगको समुह चरणको ६ मध्य ३ खेल गुमाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?