काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो चरणको छनोटको अन्तिम खेलमा आज (मंगलबार) आयोजक म्यानमारसंग भिड्दैछ । म्यानमारमा जारी छनोटको अघिल्लो दुई खेलमा पराजित नेपालले अन्तिम खेलमा आयोजकसंग खेल्न लागेको हो ।
मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार ६ः१५ मा सुरु हुनेछ । नेपाल आज खेलमा सान्त्वना जितको खोजीमा रहेनेछ । सुरुवाती दुई खेलमा हार व्यहोरेको नेपालको अर्को चरण पुग्ने सम्भावना भने सकिएको छ ।
दुई खेल सकिँदा नेपालले अंक जोड्न सकेको छैन । म्यानमार ३ अंक जोडेर दोस्रो स्थानमा छ । अष्ट्रेलिया ६ अंक जोडेर शीर्ष स्थानमा छ । छनोटको पहिलो खेलमा नेपालले अष्ट्रेलियासंग ११–१ गोलको फराकिलो हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग ४–० ले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया