विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगर–१६ दरैयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । विपन्न र सुकुम्बासी परिवारका लागि उनले जस्ताको छानासहितको घर निर्माणका लागि श्रमदान गरेका हुन् ।
घर निर्माणले विपन्न स्थानीय बासिन्दा खुसी भएका छन् । स्थानीय शिव राईले आर्थिक अभावमा तीनजना छोराछोरी र दम्पति गरी परिवारका पाँचजना सदस्यसानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको बताए । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायत लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरिब, दलित, सुकुम्वासीको समेत भएकोले सरकार साथमा रहेको उल्लेख गर्दै उनीहरुका लागि घर निर्माणमा श्रमदान गरेको बताए । ‘विपन्नलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेको वाचा पूरा गर्नसमेत श्रमदान गरेको हँु,’ उनले भने, ‘गरिबका दुःख समाजका सबैले बुझेर एकअर्कालाई सहयोग गर्नु सबैको कर्तव्य हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया