विराटनगर । नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सो संख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए ।
यसरी मृत्यु हुनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको र हालको तथ्याङ्क अनुसार ८० हजार क्षयरोगीले उपचार गराइरहेका जानकारी दिँदै उनले यस्ता रोगीको सङ्ख्या प्रत्येक वर्ष ४० हजारका दरले थप भइरहेको छ भने समयमा उपचार नगराउने, खानपानमा हेलचेक्र्याइँ, जनचेतनाको कमी, पूरा समय औषधि सेवन नगर्नाले मृत्यु दर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो ।
एक क्षयरोगीले उपचार नगराउँदा १५ जनासम्मलाई सार्ने गर्ने सम्भाबना हुन्छ । औषधि सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने संयोजक कोइरालाको भनाइ थियो । क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गरिँदै आएको र औषधि अभाव नरहेको जनाइएको छ ।
विराटनगर महानगरपालिकामा गत आर्थिक वर्षमा २५१ क्षयरोगका बिरामी भेटिएका थिए । बजेटको अभाव र सबै जिल्लामा तथा स्वास्थ्य संस्थामा क्षयरोग निवारणसम्बन्धी कार्यक्रम नभएकाले यो रोग नियन्त्रणमा कठिन भएको संयोजक कोइरालाको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया