काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसामु जितका लागि १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको आर्मीले ४९.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको हो ।
आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै, सोमपाल कामीले ३९, इमरान शेख २८, कुशल मल्ल १७ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिँदा सागर ढकाल, कुशल भुर्तेल र करण केसीले एक विकेट लिए ।
पुलिस अहिले जवाफी ब्याटिङ गरिरहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया