काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । लिग तालिकामा तेश्रो स्थानमा रहेको बार्सिलोनाले १२औँ स्थानमा रहेको आल्भेजलाई ३–१ गोलअन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, गुनडोगान र भिटोर रोकीले एक–एक गोल गरेका थिए भने आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काए ।
खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२औँ मिनेटमा मैदान छोडे । १० खेलाडीमा सीमित भएको बार्सिलोनाले त्यहीकारण खेलमा कुनै क्षति भने बेहोर्नुपरेन ।
यो जितपछि बार्सिलोना २३ खेलबाट ५० अंकसहित लिगमा तेस्रो स्थानमा उक्लिएको छ । आल्भेजले भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२औँ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया